PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

गुल्मीमा तीन दिनमा एकै ठाउँमा तीन सवारी दुर्घटना



पहिलोपोस्ट

गुल्मीमा तीन दिनमा एकै ठाउँमा तीन सवारी दुर्घटना

बुटवल: गुल्मीमा लगातार तीन दिन एकै ठाउँमा तीन वटा सवारी साधन दुर्घटनामा भएका छन्।

तम्घास–रिडी सडकखण्ड अन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ गैँडाकोट म्यालपोखरीस्थित देउराली जङ्गलमा तीन दिनमा तीन वटा सवारी साधन दुर्घटनामा परेका हुन्।

गत शुक्रवार ग १ च ७५४७ नम्बरको जिप दुर्घटना भएको थियो। त्यसको भोलिपल्ट शनिवार ग १ ज ५२८० नम्बरको कार साही ठाउँमा दुर्घटना भएको हो। उक्त कार तम्घास यात्रु छोडेर पोखरा फर्किँदै गरेको अवस्थामा दुर्घटनामा परेको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए।

त्यस्तै आइतबार बिहान फेरी सोही स्थानमा लु २ ख २९८१ नम्बरको टिपर दुर्घटनामा पर्‍यो। तीन दिनमा एकै ठाउँमा तीन वटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षति भने भएको छैन।

शीतले सडक चिप्लो भएको र घुम्ती सडक भएका कारण लगातार दुर्घटना भएको प्रहरीको अनुमान छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell