PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

च्यासलका १९ जना खेलाडीमा देखियो कोभिड १९ संक्रमण, नेपाल पुलिससँगको खेल स्थगित



पहिलोपोस्ट

च्यासलका १९ जना खेलाडीमा देखियो कोभिड १९ संक्रमण, नेपाल पुलिससँगको खेल स्थगित

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज हुने भनिएको दोस्रो खेल स्थगित भएको छ। च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबिच हुने तय भएको खेल खेलाडीहरुमा संक्रमण देखिएपछि स्थगित गरिएको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।

च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्ट भएपछि खेल स्थगित भएको हो। आज च्यासलले पौने ५ बजे नेपाल पुलिस क्लबसँग खेल्ने तय थियो।

'च्यासलका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि आजको दोस्रो खेल स्थगित  भएको हो' लिग डाइरेक्टर मिश्रले भने।

नवौं चरणको खेलअघि पोखराबाट फर्किनसाथ कमल श्रेष्ठ र प्रदीप भण्डारीलाई कोभिड संक्रमण पुष्टि भएको च्यासलका अफिसियल आशिफ थापामगरले जनाएका थिए।

यसअघि सातदोबाटोसँगको पराजय पछि मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक तोफे फुजाले आफ्ना केही महत्वपूर्ण खेलाडीहरुमा कोभिड संक्रमण भएको बताएका थिए। त्यस्तै जावलाखेल युथ क्लबका प्रशिक्षक किशोर कुमार केसीले पनि खेलाडीहरु बिरामी भएर प्रशिक्षण नै प्रभावित भएको बताएका थिए।

आजको पहिलो खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell