PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रतिनिधिसभा बैठक कहिलेसम्म स्थगित?



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक कहिलेसम्म स्थगित?

काठमाडौं : प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ। माघ ३ गते सोमवारका लागि बोलाइएको बैठक कोभिड-१९ संक्रमणका कारण दुई हप्ताका लागि सारिएको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले संक्रमणका कारण बैठक स्थगित भएको जानकारी दिए। यसअघि राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको थियो।

संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बैठकमा बिरोध जनाउँदै आएको छ। माधवकुमार नेपाल लगायतका सांसदलाई कारवाही वा सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको माग राखेर संसद बैठक एमालेदे अवरुद्ध गर्दै आएको हो।

पुस २८ गतेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक माघ ३ सम्मका लागि सारिएको थियो। यसअघि दोस्रो तथा पहिलो लहरको संक्रमणका बेलामा सांसदहरुको कोभिड-१९ परीक्षण गराएर बैठक सञ्चालन गरिएको भए पनि तेस्रो लहरको संक्रमणका बेलामा राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै बैठक स्थगित गरिएको छ। अवरोधलाई हटाउन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष ओलीलाई भेटेरै पहल गरे पनि सफल हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell