PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मछिन्द्रको जितमा बिमलको दोहोरो गोल, शीर्षस्थानमा ४ अंकको अग्रता



पहिलोपोस्ट

मछिन्द्रको जितमा बिमलको दोहोरो गोल, शीर्षस्थानमा ४ अंकको अग्रता

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा लिग लिडर मछिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले ४-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा विमल घर्ती मगरले दोहोरो गोल गर्दा मछिन्द्र क्लबले सहज जित निकालेको हो। खेलको ५५ औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको क्रसमा विमल घर्ती मगरले हेडिङमार्फत गोल गरेका थिए। लगत्तै सुनिल बलको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। त्यस्तै दोस्रो गोल ६२ औं मिनेटमा विमल घर्ती मगरले वान भर्सेस वानको अवस्थामा गोल गरे।

६५ औं मिनेटमा पनि गोल गर्दै बिमलले ह्याट्रिकको अवसर पाए पनि ब्रिगेड ब्वाइज क्लबका गोलकिपर गुरप्रीत सिंहले बचाएका थिए। त्यस्तै ७६ औं मिनेटमा पनि सुनौलो अवसरमा मगर र रेजिन सुब्बबीच असझदारी हुँदा उनी ह्याट्रिकबाट चुके।

यो सँगै जारी लिगमा मगरले तेस्रो गोल पुरा गरेका छन्। यसअघि चौथो चरणको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले इन्ज्युरी समयमा हिमालयन शेर्पा क्लबविरुद्ध गोल गरेका थिए।

खेलको ८४ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दा अभिषेक रिजालले इन्ज्युरी समयमा गोल थपे। र, मछिन्द्रले ४-० गोलअन्तरले जित निकाल्यो।

जितसँगै लिग लिडर मछिन्द्र क्लबले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। उपाधि होडमा मछिन्द्रलाई कडा टक्कर दिइरहेको मनाङ मर्स्याङदी क्लब नवौं चरणको खेलमा सातदोबाटो युथ क्बलसँग पराजित भएपछि मछिन्द्रलाई लिगमा लिड गर्न सहज भएको छ। मछिन्द्रको २३ अंक छ भने मनाङको १९ अंक छ।

आजै दोस्रो खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्बलबीच खेल हुने तालिका रहेको भए पनि च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पुष्टी भएपछी आजको खेल स्थगित भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell