PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

हिन्दी कभर गीत गाउँदै चर्चामा आएका अनुग्रहले ल्याए नेपाली भाषामा गीत



पहिलोपोस्ट

हिन्दी कभर गीत गाउँदै चर्चामा आएका अनुग्रहले ल्याए नेपाली भाषामा गीत

काठमाडौं : गायक अनुग्रह बिष्टको 'नशा' बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको गीतलाई शान भुषाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

शान भुषालको शब्द र संगीत रहेको गीतमा गायक अनुग्रह बिष्टको स्वर सुन्न सकिन्छ। अनुग्रहले नेपाली लगायत थुप्रै हिन्दी कभर गीत गाइसकेका छन्।

अमेरिकामा छायाङ्कन गरिएको गीतको भिडियोमा तेस्रो व्यक्तिका कारण श्रीमानश्रीमतीको सम्बन्धमा आएको समस्या र त्यसबाट उत्पन्न परिस्थितिको कथा समेटिएको छ। गीतको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय देख्न सकिन्छ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोमा विकास बराईलीको निर्देशन रहेको छ। भिडियोको छायांकन तथा सम्पादन निर्देशक बराईलीको नै गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell