PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

चीनमा ९० प्रतिशत नागरिकले लगाए कोरोना भाइरसविरुद्धको खोप



पहिलोपोस्ट

चीनमा ९० प्रतिशत नागरिकले लगाए कोरोना भाइरसविरुद्धको खोप
Photo : Xinhua/Feng Kaihua

चीनमा कुल जनसंख्याको ९० प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका छन्। शुक्रबारसम्मको तथ्यांकमा चीनका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको सिन्हवाले जनाएको छ। दिइएको छ । यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ ।

खोप लगाएका मध्ये १ अर्ब २२ करोडले खोपको पूरा मात्रा लगाएको चीनको नेशनल हेल्थ कमिसनका अधिकारी हि क्विनगुले बताए।

उनले चीनमा नागरिकलाई कोरोना विरुद्धको खोप दिने क्रम जारी रहेको समेत बताए। उनले खोप लगाउन बाँकी चिनियाँ नागरिकलाई पनि खोप लिन आग्रह गरेका छन्।

हाल विश्वभर ओमोक्रन भेरियन्ट फैलिएसँगै चीनमा पनि संक्रमदर दर बढ्दो छ। त्यसैले उनले अनिवार्य रुपमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न तथा कोठाभित्र बस्दा 'भेन्टिलेसन' भएका कोठामा बस्न पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell