PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

केन्द्र, प्रदेश र स्थानीय तहबिच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने, यस्ता छन् सरकारका निर्णय



पहिलोपोस्ट

केन्द्र, प्रदेश र स्थानीय तहबिच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने, यस्ता छन् सरकारका निर्णय
फाइल फोटो : सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

काठमाडौं : नेपाल सरकारले राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ। पुस ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।।

त्यसका साथै, मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार, प्रदेश र स्थानीय तहबिच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने निर्णय पनि गरेको छ। नेपाल विश्वविद्यालय सम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय :

- नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँड स्वीकृत गर्ने।

- मेवा-चाँगे र केराबारी-न्यू मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन आयोजनाको क्षतिपूर्ति निर्धारण गर्न समिति गठन गर्ने।

- बुढीगंगा जलविद्युत आयोजनाको लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।

- पाल्ला २२० केभी सवस्टेसन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।

- खोर्ले बेसी (गोरखा) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने।

- नेपाली जनताको तर्फबाट अफगान नागरिकहरुलाई मानवीय सहायता उपलब्ध गराउने।

- नेपाल विश्वविद्यालयसम्बन्धि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने।

- तिलौराकोट कपिलवस्तु क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने।

- टोखा नगरपालिका र चीनको स्वायत्त क्षेत्र तिब्बतस्थित नक्छु शहरबिच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति दिने।

- स्थानीय तहको विभिन्न परियोजनाको लागि जग्गा प्राप्ति गर्न विभिन्न ११ स्थानीय तहलाई स्वीकृति दिने।

- राजपत्रांकित प्रथम श्रेणीका सहसचिव शंकर प्रसाद खरेललाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने।

- लोकसेवा आयोग बढुवा समितिको सिफारिसबमोजिम विभिन्न सेवा समूहका राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ति गर्ने।

- बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८ स्वीकृत गर्ने।

- चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।

- राष्ट्रिय पशु स्वास्थ्य नीति, २०७८ स्वीकृत गर्ने।

- राष्ट्रिय पशु प्रजनन नीति, २०७८ स्वीकृत गर्ने।

- प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गर्ने।

- नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धि आदेश, २०७८ जारी गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell