PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

४ हजार ९६१ जनामा कोरोना संक्रमण पृष्टि



पहिलोपोस्ट

४ हजार ९६१ जनामा कोरोना संक्रमण पृष्टि
फाइल फोटो।

काठमाडौं : पछिल्लो २४ घन्टामा नेपालमा थप ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। १५ हजार १ सय ३१ जनामा कोभिड १९ परीक्षण गर्दा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस अवधिमा ४ सय ३५ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ। साथै संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ हजार ३१२ जनाले खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell