PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

इपिसेन्टर नै बन्यो काठमाडौं उपत्यका : थपिए ३३४७ संक्रमित, सक्रियमध्ये ६१ प्रतिशतमाथि यहीँ



पहिलोपोस्ट

इपिसेन्टर नै बन्यो काठमाडौं उपत्यका : थपिए ३३४७ संक्रमित, सक्रियमध्ये ६१ प्रतिशतमाथि यहीँ

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ३४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ५४५ जना, ललितपुरमा ४७४ जना र भक्तपुरमा ३२८ जनमा संक्रमण देखिएको हो।

आज देशभर ४ हजार ९६१ जनामा संक्रमण देखिएको थियो। आज पुष्टि भएको कुल संक्रमितको ६७.४६ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा भेटिएका हुन्।

पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएका छ। यस्तै, भिडभाड हुने गतिविधिमा पनि रोक लगाएको छ।

आजको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। यी मध्ये काठमाडौं उपत्यकामा १५ हजार ८३७ जना सक्रिय संक्रमित रहेका छन्। हाल कुल सक्रिय संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ६१.७४ प्रतिशत सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell