PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कोभिड संक्रमणको आशंकामा रोकिएको प्रदेश १ र पुलिसको खेल आज



पहिलोपोस्ट

कोभिड संक्रमणको आशंकामा रोकिएको प्रदेश १ र पुलिसको खेल आज
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेटमा आज प्रदेश १ र नेपाल पुलिस क्लब भिड्दै छन्। यसअघि शनिवार हुने भनिएको खेलमा प्रदेश १ को टिममा कोभिड संक्रमण फैलिएको आशंकामा खेल रोकिएको थियो। र, कोभिड परीक्षण गर्दा एकजनामा मात्र संक्रमण पुष्टी भएपछि प्रदेश १ ले आइतवार सुदूरपश्चिम प्रदेशसँग खेलेको थियो।

समूह ए बाट नेपाल पुलिस क्लब समूह विजेता हुँदै सेमिफाइनल चरणमा प्रवेश गरिसकेको र प्रदेश १ बाहिरी सकेको अवस्थामा आजको खेल प्रतिष्ठाको खेल मात्र हुनेछ। खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।

समूह ए बाट ६ अंक जोडेको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा प्रवेश गरिसकेका छन् भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ बाहिरी सकेका छन्। त्यस्तै समुह बी बाट अपराजित एपीएफ र वाग्मती प्रदेश सेमिफाइनलमा पुग्दा लुम्बिनी प्रदेश, प्रदेश २ र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरि सकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell