PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एनआरटीलाई जावलाखेलको चुनौती



पहिलोपोस्ट

एनआरटीलाई जावलाखेलको चुनौती
गोल अघि बढाउँदै जावलाखेल युथ क्बलका खेलाडी। फाइल फोटो।

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज  हुने खेलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लब भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटी र जावलाखेल दिउँसो १ बजे आमनेसामने हुनेछन्।

एनआरटी ८ खेलबाट १० अंक बनाउँदै अंकतालिकाको ८ औं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके एनआरटीले छैठौं स्थानमा उक्लन सक्ने छ। त्यस्तै जावलाखेल ८ अंक जोडेर तालिकाको दशौं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके सातौं स्थानको हिमालयन शेर्पा क्लबसँग अंक बराबरी गर्नेछ।

दुबै टोलीको कोभिड १९ संक्रमणको जोखिममा देखिन्छन्। नवौं चरणअघि जावलाखेलका प्रशिक्षक किशोर कुमार केसीले टीममा खेलाडीहरुमा रुघा र ज्वरोका कारण अभ्यासमा उपस्थिति न्युन रहेको जनाएका थिए भने एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले पनि टीममा रुघाखोकी र ज्वरो धेरैमा देखिएको जनाएका थिए। जारी लिगमै आइतवार खेल तय भएको च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोभिड संक्रमण देखिएपछि नेपाल पुलिसविरुद्धको खेल नै स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell