PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

भारतमा थपिए २ लाख ५८ हजार कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए २ लाख ५८ हजार कोरोना संक्रमित
Photo : Reuters

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। आइतवारभन्दा आज १३ हजार ११३ जना कम संक्रमित पहिचान भएका हुन्।

यस्तै, १ लाख ५१ हजार ७४० जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ।

संक्रमणका कारण भारतमा थप ३८५ जनाको मृत्यु भएको छ।

ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा संक्रमण दर ह्वात्तै बढेको हो। हाल भारतमा ८ हजार २०९ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell