PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

गुर्जुधारामा धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई अभियुक्त समातिए, अन्यको खोजी गर्दै प्रहरी



पहिलोपोस्ट

गुर्जुधारामा धारिलो हतियार प्रहार गरी युवकको हत्या, दुई अभियुक्त समातिए, अन्यको खोजी गर्दै प्रहरी

काठमाडौँः धारिलो हतियार प्रहार गरी युवकको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बलम्बुबाट दुई जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए।

आइतवार दिउँसो झगडा हुँदा २६ वर्षीय रोशन रिजालमाथि धारिलो हतियार प्रहार भएको थियो। घाइते रिजाललाई उपचारको लागि सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो। उनको उपचारको क्रममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

घटनामा संलग्न अन्य मानिसको खोजी भइरहेको छ। हत्याको कारण भने नखुलिन सकेको एसपी मैनालीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell