PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सक्रिय संक्रमितमध्ये ६८ प्रतिशत वाग्मतीमा मात्रै, अरु प्रदेशमा कस्तो छ हालत?



पहिलोपोस्ट

सक्रिय संक्रमितमध्ये ६८ प्रतिशत वाग्मतीमा मात्रै, अरु प्रदेशमा कस्तो छ हालत?

काठमाडौं : कोरोना भाइरसको शक्तिशाली भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक हजारौंमा संक्रमण पुष्टि भइरहँदा अस्पतालमा पनि बिरामीहरुको चाप बढ्दै गएको छ।

हाल देशभर २५ हजार ६ सय ८० जना सक्रिय कोरोना संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये अधिकांश घरमा 'आइसोलेसन'मा रहेका छन्।

माघ २ गतेसम्मको तथ्यांक अनुसार सक्रिय संक्रमितमध्ये २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा छन् भने १ हजार ९६ जना संस्थागत आइसोलेसनमा।

प्रदेश १ मा २ हजार २ सय ७१ जना होम आइसोलेसनमा छन् भने ३० जना संस्थागत आइसोलेसनमा छन्। यस प्रदेशमा हाल सक्रियमध्ये ८.९६ प्रतिशत संक्रमित रहेका छन्।

प्रदेश २ मा १ हजार १ सय ५२ जना होम आइसोलेसनमा छन् भने ६ जना संस्थागत आइसोलेसनमा छन्। प्रदेश २ मा हाल कूल सक्रिय संक्रमित मध्ये ४.५० प्रतिशत 'एक्टिभ केस' छ।

यस्तै, वाग्मतीमा सबैभन्दा बढी संक्रमित पहिचान भएका छन्। माघ २ गतेसम्म वाग्मतीमा १७ हजार ३३ जना होम आइसोलेसनमा छन् भने ६ सय ४८ जना संस्थागत आइसोलेसनमा छन्। हाल कूल सक्रिय संक्रमित मध्ये ६८.८५ प्रतिशत वाग्मतीमा नै छन्। विशेषगरी यस प्रदेशको काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्याधिक संक्रमित रहेका छन्।

यता, गण्डकीमा १ हजार ७ सय ६१ जना होम आइसोलेसनमा रहँदा ३४ जना संस्थागत आइसोलेसनमा छन्। गण्डकी प्रदेशकमा सबैभन्दा धेरै संक्रमित कास्की जिल्लामा पहिचान भएको छ। गण्डकीमा हाल ६.९८ प्रतिशत सक्रिय संक्रमित छन्।

लुम्बिनीमा १ हजार ५ सय ४९ जना होम आइसोलेसनमा छन् भने ७६ जना संस्थागत आइसोलेसनमा। रुपन्देहीमा संक्रमण दर बढ्दै जाँदा हालसम्म यस प्रदेशमा ६.३२ प्रतिशत सक्रिय संक्रमित छन्।

यस्तै, कर्णालीमा भने २ सय ३३ जना होम आइसोलेनमा छन्। सुदूर पश्चिम प्रदेशमा ५ सय ९४ जना होम आइसोलेसनमा रहँदा ३ सय २ जना संस्थागत आइसोलेसनमा छन्। कूल सक्रिय संक्रमित मध्ये कर्णालीमा ०.९० प्रतिशत छन् भने सुदूरपश्चिमा भने ३.४८ प्रतिशत।

आईसीयूमा कति छन् जन उपचाररत्?

कोरोनाको दोस्रो लहरमा 'डेल्टा भेरियन्ट' का कारण संक्रमितहरु गम्भीर बिरामी हुने देखिएको थियो। 'ओमोक्रन' भेरियन्ट भने 'डेल्टा' भन्‍दा तीब्र गतिमा फैलने भए पनि यसको गम्भीर असर भने विश्वभर नै देखिएको छैन। त्यसैले पनि यस पटकको लहरमा धेरै संक्रमितहरु घरमा नै 'आइसोलेटेड' छन्। धेरै गाह्रो भएमात्रै अस्पताल आउन चिकित्सकहरुले आग्रह गरेका छन्।

हाल अस्पतालमा संक्रमित भर्ना हुने क्रम बढे पनि गम्भीर अवस्थामा धेरै विरामी नरहेको चिकित्सकहरु बताउँछन्। अस्पतालमा भने खोप लगाएका र नलगाएका दुवैखाले बिरामीहरु भर्ना भएर उपचार गराइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर माघ २ गतेसम्म १ सय २२ जन आईसीयूमा उपचाररत् छन्। भेन्टिलेटरमा भने २९ जना संक्रमित रहेका छन्।

प्रदेश १ मा १७ जना आईसीयूमा छन् भने प्रदेश २ मा ४ जना। यस्तै, वाग्मतीमा ७९ जना, गण्डकीमा ७ जना, लुम्बिनीमा १३ जना र सुदूरपश्चिममा २ जना संक्रमित आइसीयूमा उपचाररत् छन्।

यस्तै, प्रदेश १ मा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ। वाग्मतीमा भने १७ जना भेन्टिलेटरमा छन्। गण्डकीमा ३ जना र लुम्बिनीमा २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

हाल देशभर संक्रमण फैलिरहेको अवस्थामा सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। यस्तै, भिडभाड हुने सबै गतिविधिमा समेत प्रतिबन्ध लगाएको छ। यद्यपि, शहर, बजारमा भिड कम भएको छैन। जसकारण पनि संक्रमण दर बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ७७ जिल्ला मध्ये ९ जिल्लामा संक्रमण दर बढ्दो छ। प्रदेश १ को मोरङ र सुनसरी, वाग्मतीको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन, गण्डकीको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली जिल्ल 'रेड जोन'मा छन्। यी जिल्लाहरुमा कम्तिमा पनि ५ सयभन्दा धेरै एक्टिभ केस छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell