PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिनेमा हल आजबाट बन्द, सरकारको निर्णय र बलिउडको रिलिज कुर्दै सिनेमाघर



पहिलोपोस्ट

सिनेमा हल आजबाट बन्द, सरकारको निर्णय र बलिउडको रिलिज कुर्दै सिनेमाघर

काठमाडौं : आजबाट काठमाडौं उपत्यकाका सिनेमा हल बन्द भएका छन्। सरकारले माघ १५ गतेसम्म सिनेमा हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखाना बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम नै आजदेखि फिल्म हलहरु बन्द गरिएको हल सञ्चालकले बताएका छन्।

सरकारको निर्णयपछि आजबाट बन्द गरिएको कमलादीस्थित क्युज सिनेमाका सञ्चालक सुमित मैनालीले सरकारको अर्को निर्णय कुर्नुबाहेक विकल्प नरहेको बताए।

सरकारले १५ गतेसम्म हल बन्द गर्ने गरेता पनि यो अवधि दुई/तीन महिना लम्बिन सक्ने चाबहिलमा रहेको एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइरालाले जानकारी दिए।

'बढ्दो संक्रमण हेर्दा हल बन्द हुने अवधि बढ्नसक्छ। अब सामान्य अवस्था नहुँदा र बलिउड फिल्म नआएसम्म हल खुल्दैनजस्तो लाग्छ। त्यसैले अहिले आगामी प्रक्रियाबारे केही पनि तयारी गरेका छैनौँ,' कोइरालाले बताए।

त्यसैगरी नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन 'क्यूएफएक्स'ले हल खुलाउने आगामी तयारी  गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell