PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

'पुष्पा' हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने



पहिलोपोस्ट

'पुष्पा' हिट भएपछि अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने
Film Screenshot / TOI

'पुष्पा' हिट भएसँगै अल्लु अर्जुन अभिनित तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ हिन्दी भाषामा रिलिज हुने भएको छ।

१७ डिसेम्बरबाट रिलिज भएको 'पुष्पा' हिन्दी भाषामा समेत रिलिज भएको थियो। हिन्दी भर्सनलाई दर्शकले पनि निकै रुचाएका छन्। 'पुष्पा' को हिन्दी भर्सनले चार हप्तामा ८० करोडको व्यापार गरिसकेको छ।

'पुष्पा' को हिन्दी भर्सनको सफलतापछि अल्लु अर्जुन अभिनित ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी भर्सन आउन लागेको हो। फिल्म समीक्षक तरण आदर्शले ट्विटरमार्फत यो फिल्म हिन्दी भाषामा रिलिज हुने जानकारी दिएका हुन्। यो फिल्म आगामी २६ जनवरी २०२२ सिनेमाघरमा रिलिज हुनेछ।

सन् २०२० मा रिलिज भएको तेलुगु फिल्म ‘अला वैकुण्ठपुरमलो’ ले राम्रो व्यापार गरेको थियो। त्रिविक्रम श्रिनिवास निर्देशित यस फिल्ममा अल्लु अर्जुनका साथै पुजा हेगडेको मुख्य भूमिका रहेको छ। फिल्ममा अल्लु अर्जुनका वुबा अल्लु अरविन्दले लगानी गरेका थिए।

फिल्म ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी रिमेक पनि बन्दै छ। ‘शहजादा’ नाम राखिएको यो फिल्मको रिमेकमा अभिनेता कार्तिक आर्यन र कृति सेननप मुख्य भूमिकामा देखिएछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell