PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

टोन्गामा पानी मुनि ज्वालामुखी विस्फोट हुँदा अन्तरिक्षबाट जे देखियो ...



पहिलोपोस्ट

टोन्गामा पानी मुनि ज्वालामुखी विस्फोट हुँदा अन्तरिक्षबाट जे देखियो ...
Photo : Japan Meteorological Agency

टोन्गामा चार दिनयता पानी मुनि तीनपटक ज्वालामुखी विस्फोट भएको छ। ठूलो विस्‍फोटसँगै आएको सुनामीका कारण प्यासेफिक क्षेत्रमा नै संकट उत्पन्न भएको छ।

शनिवार भएको विस्फोट ३० वर्ष यता पृथ्वीमा भएको सबैभन्दा ठूलो विस्फोट भएको वैज्ञानिकहरुले बताएका छन्।

अन्तरिक्षबाट लिइएको दृश्यमा ज्वालामुखी विस्फोटको असर प्रष्ट रुपमा देख्न सकिन्‍छ।

टोन्गामा ज्वालामुखी विस्फोट पछि सयौं मानिस पलायन भएका छन्। उक्त विस्फोटका कारण पेरु, न्यूजिल्याण्ड र जापानमा समुद्री छालहरु रेकर्ड भएको थियो। पेरुमा समुद्री छालले दुई जनालाई बगाएको छ।

हालसम्म मानविय क्षतिको खबर आएको छैन। यद्यपि, प्रदुषित हावा र फोहोर पानीले आउने दिनमा समस्या ल्याउन सक्ने भन्दै चेतावनी दिइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell