PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्री रामकुमारी झाँक्रीको १०० दिनको रिपोर्ट कार्ड : पेपरमा धेरै, फिल्डमा कम, भएन समन्वय



पहिलोपोस्ट

मन्त्री रामकुमारी झाँक्रीको १०० दिनको रिपोर्ट कार्ड : पेपरमा धेरै, फिल्डमा कम, भएन समन्वय
फोटो : मन्त्री झाँक्रीको सचिवालय

काठमाडौं : शहरी विकास मन्त्री रामकुरमारी झाँक्रीले पदीय दायित्वको आफ्नो सय दिनमा नीतिगत सुधारका लागि जोड दिएको दावी गरेकी छिन्। मन्त्रालयमा सय दिनको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री झाँक्रीले अहिले शहरी विकासको नीति फाइनल अवस्थामा पुर्‍याएको बताइन्। 

'सबैभन्दा पहिला नीतिमा सुधार गर्नुपर्‍यो। शहरी विकासको नीति फाइनल अवस्थामा पुर्‍याएका छौँ। नीतिमा हामीले कम्तिमा अन्त्यसम्म बुझ्नुपर्छ। शहरी विकास ऐनको ड्राफ्ट पनि फाइनल अवस्थामा छ,' झाँक्रीले बताइन्।  

नगर विकास कोष अहिले सानो पुँजीको रहेको र त्यसलाई ठूलो बनाउन लागिएको पनि उनको दावी छ। नागरिकप्रति उत्तरदायी भएका कारण प्रगति विवरण सार्वजनिक गरेको समेत उनले बताइन्। मन्त्री झाँक्रीले संसद अवरुद्ध भएका कारण आफ्ना कुरा भन्न नपाएको गुनासो पनि गरिन्। 

'हाम्रा कुरा संसदमार्फत् भन्न पाएका छैनौँ। संसद अवरुद्ध छ,' उनले भनिन्।  

उनले शहरी क्षेत्र र शहरी विकास शहरमा बस्ने मान्छेको कुरामा केन्द्रित रहेको बताइन्। 

आफू मन्त्री भएपछि विभिन्न खालका समस्या झेलेको झाँक्रीको भनाइ थियो। उनले मुख्यगरी मन्त्रालयमा समन्वयको अभाव भएको उल्लेख गरिन्। 

'झेलिरहेको समस्या भनेको समन्वय रहेछ। तर, गर्ने हो भने सजिलो काम हो। राज्यका विभिन्न अंगहरु बिचको समन्वयको अभाव छ। आफ्नै मन्त्रालय बिचको शाखा उपशाखाको समन्वयको अभाव छ,' उनले भनिन्। 

मन्त्री झाँक्रीले पेपरमा आफूले धेरै काम गरेको बताइन्।

'हामीले पेपरवर्क धेरै गरेका छौं। तीन घण्टा लगाएर तीन चारवटा मात्रै पोलिसिको काम गर्‍यौं,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell