PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

स्थानीय तह निर्वाचनको मिति बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्ने



पहिलोपोस्ट

स्थानीय तह निर्वाचनको मिति बारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्ने
FILE PHOTO

काठमाडौं : स्थानीय तह निर्वाचनको मितिको बारेमा छलफल गर्न उच्चस्तरीय राजनीति समन्वय समितिको बैठक बस्ने भएको छ।

कोरोना भाइरस संक्रमण मुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यही भेटका क्रममा निर्वाचनको मितिबारे छलफल गर्न मंगलवारका लागि बैठक बोलाउने तय भएको हो।

समन्वय समितिकी सदस्य तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भोली बैठक बोलाउने तयारी भएको जानकारी दिइन। 'भोलि बैठक बोलाउने भन्ने कुरा छ। ऐजेण्डा तय भइसकेको छैन्,'उनले भनिन्।

स्थानीय तहको मितिबारे छलफल गर्नका लागि बैठक बोलाइएको भए पनि त्यसबाहेकका ऐजेण्डा भने तय नभएको उनले बताइन। 

निर्वाचन आयोगले वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ। यसबारेमा छलफल गर्न आयोगले केही दिन अघि सर्वदलीय बैठक बोलाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell