PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

चीनमा सन् २०२१ मा सबैभन्दा न्यून जन्मदर रेकर्ड, चिन्ता आर्थिक वृद्धिको



पहिलोपोस्ट

चीनमा सन् २०२१ मा सबैभन्दा न्यून जन्मदर रेकर्ड, चिन्ता आर्थिक वृद्धिको
Photo : Reuters

सन् २०२१ मा चीनमा हालसम्म कै कम जन्मदर 'रेकर्ड' भएको छ। तीन सन्तान नीति ल्याएपनि चीनको जन्मदर सबैभन्दा न्यून भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

धेरै वृद्धवृद्धा हुँदा आर्थिक वृद्धि नहुने चिन्ताले चीनले सन् २०१६ मा एक सन्तान नीति रद्द गर्दै दुई सन्तान नीति ल्याएको थियो। तर, शहरी क्षेत्रमा बढ्दै गएको महंगीका कारण चीनमा एक सन्तान भन्दा बढी पाउन दम्पत्तिहरु तयार देखिएका छैनन्।

सन् २०२० मा १००० व्यक्तिमा जन्मदर ८.५२  रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको चीनको तथ्यांक विभागले जनाएको छ। सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्यांक सबैभन्दा कम हो ।

विश्लेषकहरूले यो तथ्यांकले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell