PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने कि नबनाउने ? प्रदेशसभामा सुरु भयो मतदान



पहिलोपोस्ट

प्रदेश २ को राजधानी जनकपुरलाई बनाउने कि नबनाउने ? प्रदेशसभामा सुरु भयो मतदान

जनकपुर : प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई बनाउने प्रस्तावमाथि मतदान सुरु भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुको तर्फबाट स्थायी राजधानीका लागि संयुक्त रुपमा पेस भएको प्रस्ताव जनकपुरधाममाथिको मतदान प्रक्रिया सुरु भएको हो।

प्रदेशसभा सदस्यहरू परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेस गरेपछि मतदान सुरु भएको छ।

स्थायी राजधानीका लागि दुई तिहाई मत आवश्यक हुन्छ। हाल प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन्। स्थायी राजधानी तोक्नका लागि ७० मत आवश्यक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell