PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम



पहिलोपोस्ट

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम

काठमाडौं : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ ।

सोमबार प्रदेशसभामा प्रतिनिधित्व गरेका दलहरुका तर्फबाट संयुक्त रुपमा प्रस्ताव पेश भएपछि मतदान भएको थियो।

स्थायी राजधानी जनकपुरधामका लागि भएको मतदानमा ९९ जना प्रदेशसभा सदस्यहरु सहभागी भएका मध्ये ७८ जना प्रदेशसभा सदस्यले जनकपुरधाममा मतदान गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए।

प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell