PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एमालेले स्थगित गर्‍यो २५ जना भन्दा धेरै मानिस भेला हुने सबै कार्यक्रम



पहिलोपोस्ट

एमालेले स्थगित गर्‍यो २५ जना भन्दा धेरै मानिस भेला हुने सबै कार्यक्रम

काठमाडौं : नेकपा (एमाले)ले २५ जना भन्दा धेरै मानिस भेला हुने कार्यक्रमलाई स्थगित गरेको छ। केन्द्रीय कार्यालयले कोभिड-१९ संक्रमणलाई मध्यनजर गरेर २५ जना भन्दा धेरैजना भेला नहुन सर्कुलर जारी गरेको छ।

'केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ,' एमालेले भनेको छ। केही समयअघि जिल्ला अधिवेशन गरेको एमालेले संक्रमणबारे सरकारको पनि ध्यानकर्षण गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell