PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

९ वर्षीय बालिकाको बलात्कारपछि हत्या अभियोगमा आमा छोरा पक्राउ



पहिलोपोस्ट

९ वर्षीय बालिकाको बलात्कारपछि हत्या अभियोगमा आमा छोरा पक्राउ

वीरगंजः ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा दुई जनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा, आदर्श कोतवाल गाउँपालिका ८ का  २० वर्षीय सन्तोष साह कानु र उनकी ४० वर्षीय आमा शान्ति देवी रहेका छन्।

सोही पालिका वडा नं ७ की ९ वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा आमा छोरालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले बताए।

पुस २५ गते बाख्रा चराउन गएकी  बालिका बेपत्ता भएकी थिइन्। उनको शव दुई दिनपछि नजिकैको जमुनिया खोलामा फेला परेकोफ थियो।

बाख्रा चराउन गएकी बालिकालाई पानी तिर्खा लागेपछि नजिकैको कुखुरा फार्ममा गएका बेला सन्तोषले जबर्जस्ती करणी गरेको प्रहरीको दाबी छ। घटना लुकाउन उनले हत्या गरेको पनि प्रहरी बताउँछ।

घटनाबारे सन्तोषले आमालाई जानकारी गराएको र प्रमाण लुकाउन आमाले पनि सहयोग गरेको दाबी प्रहरीको छ।

सन्तोषले घटना प्रहरीसमक्ष स्वीकार समेत गरेका छन्। प्रहरीले ज्यानसम्बन्धी कसुर अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद समेत थप गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell