PahiloPost

Jul 4, 2025 | २० असार २०८२

टेनिस स्टार जोकोभिचको 'डाउनफल' : खोप नलगाए फ्रेन्च ओपन पनि खेल्न नपाउने



पहिलोपोस्ट

टेनिस स्टार जोकोभिचको 'डाउनफल' : खोप नलगाए फ्रेन्च ओपन पनि खेल्न नपाउने
Photo : Reuters

वर्षको पहिलो ग्रान्डस्लाम उपाधि भीडन्तबाट बञ्चित भएका टेनिस स्टार नोभाक जोकोभिचलाई फ्रेन्च ओपन खेल्न पनि समस्या पर्ने भएको छ। कोरोना भाइरसविरुद्धको खोप नलगाएको भन्दै अस्ट्रेलियाले ‘देशनिकाला’ गरेका जोकोभिचलाई फ्रान्सको खेलकुद मन्त्रालयले पनि फ्रेन्च ओपनमा सहभागी नगराउने जनाएको रोयटर्समा उल्लेख छ।

फ्रान्सको संसदले आइतबार नयाँ खोप कानुन पारित गरेको छ। जसअनुसार सार्वजनिक स्थल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ। खोपको कानुनको उक्त व्यवस्था खेलाडी तथा दर्शक दुबैका लागि लागि हुने जनाइएको छ।

सन् २०२२ मो मे महिनामा फ्रेन्च ओपन हुने तय छ। नोभाक जोकोभिचले अब खोप नलगाए यो प्रतियोगिता पनि गुमाउनुपर्ने हुन्छ।

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन खेल्न अस्ट्रेलिया पुगेका जोकोभिचलाई खोप नलगाएको आइतवार ‘देश निकाला’ गरिएको थियो। त्यसपछि उनी दुबई पुगेका थिए।

कोभिड १९ विरुद्धको खोप नलगाइ अस्ट्रेलिया पुगेका जोकोभिचको भिसा अस्ट्रेलियन सरकारले दोस्रो पटक रद्द गरेको थियो। उक्त कारवाहीको विरुद्ध जोकोभिचले अदालतमा दायर गरेको निवेदनमा आइतवार सुनुवाइ भएको थियो। जसमा अदालतले सरकारले गरेको कारवाहीलाई सदर गर्ने फैसला गरेको थियो। जसकारण उनले सोमवारबाट सुरु भएको अस्ट्रेलियन ओपन खेल्न पाएनन्। पुरुष तर्फ नम्बर १ र्‍याङ्किङमा मा रहेका जोकोभिचको खेल सोमवारका लागि नै तय थियो।

९ पटक अस्ट्रेलियन ओपन जितिसकेका जोकोभिच यसपटकको प्रतियोगितामा आफ्नो उपाधीको प्रतिरक्षा गर्दै २१ पटक ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने तयारीमा थिए। तर, अदालतको निर्णयसँगै उनको सपना टुटेको हो।

दोस्रो पटक उनको भिसा रद्द भएसँगै अब उनले ३ वर्षसम्म अस्ट्रेलियाको भिसा पाउने छैनन्। यद्यपि, सरकारले यसमा पुनर्विचार भने गर्न सक्छ।

दुई साता अघि कोरोना भाइरसविरुद्धको खोप नलगाइ अस्ट्रेलिया प्रवेश गर्ने क्रममा जोकोभिचलाई अस्ट्रेलियन बोर्डर फोर्सले रोकेको थियो। उनले खोप लगाएको प्रमाण पेश गर्न नसकेपछि उनलाई 'डिटेन' गरिएको थियो। खोप नलगाएका जोकोभिचलाई प्रवेश गर्न दिएको भन्दै अस्ट्रेलियामा विरोध भएपछि पहिलोपटक उनको भिसा रद्द गरिएको थियो।

सरकारको निर्णय पछि जोकोभिचले आफूलाई गरिएको कारवाहीको विरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। अदालतले जोकोभिचलाई गरिएको कारवाहीको प्रक्रियामा प्रश्न उठाउँदै उनको पक्षमा फैसला गरेको थियो। 

शुक्रवार अस्ट्रेलियाले फेरि टेनिस स्टार नोभाक जोकोभिचको भिसा दोस्रो पटक रद्द गरेको थियो। इमिग्रेशन मन्त्री एलेक्स हवकेले आफ्नो पदीय शक्तिको प्रयोग गर्दै 'जनस्वास्थ्य सुरक्षा'को लागि जोकोभिचको भिसा रद्द गरेको बताएका थिए। मन्त्रीले अस्ट्रेलियाको 'माइग्रेस एक्ट' ले दिएको छुट्टै शक्तिको प्रयोग गर्द भिसा रद्द गरेका थिए।  

सर्बियाली खेलाडी जोकोभिचले भने अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन्। सर्बिया सरकारले पनि अस्ट्रलियाको निर्णयको विरोध गरेको छ।

जोकोभिचले अस्ट्रेलियामा प्रवेश गर्नुपूर्व आफूले गलत सूचना दिएको स्वीकार गरिसकेका छन्। उनको आफ्नो यात्रा विवरणमा अस्ट्रेलिया आउनु अघि १४ दिन कतै नगएको उल्लेख गरेका थिए। तर, उनी त्यस बिच स्पेन पुगेका थिए। जुन तथ्य उनले लुकाएका थिए। यद्यपि, उनले यात्रा विवरण जानीजानी नलुकाएको दाबी गरेका थिए। उनले आफ्नो 'एजेन्ट' ले उक्त गल्ती गरेको भन्दै बचाउको प्रयास गरेका थिए।

जोकोभिचले आफू कोभिड १९ संक्रमित हुँदा एक पत्रकारलाई भेटेको र फोटोसुट पनि गरेको स्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell