PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

भारतमा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित



पहिलोपोस्ट

भारतमा थपिए २ लाख ३८ हजार बढी कोरोना संक्रमित
Photo : Reuters

भारतमा पछिल्लो २४ घण्टा २ लाख ३८ हजार १८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। सोमवारभन्दा २० हजार ७१ जना कम संक्रमित आज पहिचान भएका हुन्।

यस्तै, १ लाख ५७ हजार ४२१ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १७ लाख ३६ हजार ६२८ पुगेको छ।

संक्रमणका कारण थप ३१९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्‍त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म भारतमा ८ हजार ८९१ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell