PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला



रासस

बालविवाह मुद्दामा पाँच जनालाई कैद र जरिबानाको फैसला

दमौली : बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिबानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमवारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो।

साथै, उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिबानाको फैसला भएको तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार गोरखाको शहीद लखन गाउँपालिका-३ का भानुभक्त अर्याल, सोही ठाउँका सन्तोष अर्याल, व्यास नगरपालिका-११ का विष्णुप्रसाद भट्टराईलाई कैद र जरिवानाको फैसला भएको छ।

दुई जनाको नाम भने खुलाइएको छैन। प्रहरीले गत असार ३१ गते बालविवाह मुद्दा दर्ता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell