PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पर्यटनमन्त्री आलेको सचिवालयका थप दुई जनालाई कोरोना संक्रमण



रासस

पर्यटनमन्त्री आलेको सचिवालयका थप दुई जनालाई कोरोना संक्रमण

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमल बहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

सोमवार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ। मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीलाई सोमवार नै कोरोना संक्रमण पुष्टि भएको थियो।

पोजिटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेसनमा रहेका बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell