PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

२० औं संस्करणको आहा रारा माघ ६ गतेबाट, दर्शकलाई प्रवेश निषेध



पहिलोपोस्ट

२० औं संस्करणको आहा रारा माघ ६ गतेबाट, दर्शकलाई प्रवेश निषेध

पोखरा : कोरोना भाइरस महामारीकैबिच मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप हुने भएको छ। मंगलवार आयोजक सहारा क्लबले आहाको २० औं संस्करण यही माघ ६ गते बिहीवार देखि १५ गतेसम्म हुने जानकारी दिएको हो। 

आयोजकले टिमले सुरुवाती केही खेल दर्शक बिनाको स्टेडियममा खेलाउने भएको छ। दर्शकका लागि टिकटपनि बन्द गरिएको छ। मैदानमा आयोजक, प्रायोजक, पत्रकार, फ्यान क्लबको मात्रै उपस्थिति रहनेछ। प्रवेश गर्नेका लागि खोपकार्ड अनिवार्य गरिएको छ।

कोरोना संक्रमणको दर हेरेर खेलका सेमिफाइनल र फाइनल खेलमा मात्रै दर्शकलाई प्रवेश दिइने क्लबका अध्यक्ष हरिराम गुरुङले जानकारी दिए। 
प्रतियोगितामा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएका छन्। त्यस्तै, स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार पनि प्रदान गरिने भएको छ। 

आयोजकले प्रतियोगिता सञ्चालनका लागि १ करोड ६ लाख ४८ हजार ५ सय खर्च हुने बताएको छ। यस्तै प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी हुने आयोजकले अनुमान गरेको छ। आयोजकले प्रतियोगिताबाट आम्दानी रकम हरेक वर्ष सहारा एकेडेमीलाई सहयोग गर्दै आएको छ। 
विभिन्न १४ जिल्लाका २४ जना एकेडेमीमा आश्रीत छन् । 
 
यहीँ बिहीबारदेखि हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन‍्। प्रतियोगितामा कुल १० टिमको सहभागिता छ। 

प्रतियोगितामा संकटा, नेपाल पुलिस क्लब, रुस्लान थ्रि स्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी क्लब, आयोजक सहारा क्लब र बिवाइएसी मिनेसोटा युएसएको सहभागिता रहेको छ। यस्तै, यसअघिको १९औँ संस्करणको सहारा उपाधी संकटा क्लबले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell