PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

पाँच जिल्लामा अधिवेशन सुरु भएपनि एमालेले छान्न सकेन नेतृत्व, ९ जिल्लामा अधिवेशनको मिति तय नै भएन



पहिलोपोस्ट

पाँच जिल्लामा अधिवेशन सुरु भएपनि एमालेले छान्न सकेन नेतृत्व, ९ जिल्लामा अधिवेशनको मिति तय नै भएन

काठमाडौं : नेकपा (एमाले)ले ६३ वटा जिल्लाको अधिवशेन सम्पन्न गरेको छ। दुई विशेष जिल्ला अधिवेशन पनि सम्पन्न भएको एमालेले जनाएको छ।

तर, पाँच जिल्लामा भने अधिवेशन सुरु भएपनि जिल्ला कार्यसमिति चयन हुन सकेको छैन। पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भए पनि नेतृत्व चयन हुन नसकेको हो।

यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनको मिति तय हुन नसकेको एमालेले जनाएको छ। कोभिङ–१९ संक्रमणलाई ध्यानमा राखी छिट्टै अधिवेशनको मिति तय हुने छ।

विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि संक्रमणका कारण हुन सकेको छैन।

अधिकांश ठाउँमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको थियो भने केही ठाउँमा चुनाव भएको थियो। निर्वाचन भएको ठाउँमा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुबिचमै प्रतिस्पर्धा भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell