PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

कीर्तिपुरमा बुस्टर डोज कहाँ लगाउने ?



पहिलोपोस्ट

कीर्तिपुरमा बुस्टर डोज कहाँ लगाउने ?

काठमाडौं : कीर्तिपुर नगरपालिकामा बुधवारबाट कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु गरिने भएको छ। पहिलो चरणमा फ्रन्ट लाइनमा खटिने सरकारी कर्मचारीदेखि सवारी चालक र पत्रकारसम्मलाई बुस्टर खोप दिइँदैछ।

कोरोनाविरुद्धको दोस्रो मात्रामा खोप लिएको ६ महिना पुगेकालाई मात्र बुस्टरमात्रको खोप दिइने नगरपालिकाले जनाएको छ।  

कीर्तिपुरको नयाँ बजार कभर्ड हल र देवढोकास्थित इन्द्रायणी कभर्ड हलमा बुस्टर डोज दिइँदैछ। नयाँबजार कभर्ड हलमा कोभिसिल्ड र अस्ट्राजेनेका खोपको पूर्ण मात्रा लगाएकाहरुले बुस्टर खोप लगाउन सक्नेछन्।

यस्तै, देवढोकास्थित इन्द्रायणी कभर्ड हलमा भेरोसेलको खोपको पूर्ण मात्रा लगाएकालाई बुस्टर डोज दिइने नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell