PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कोरोनाले सर्वोच्चको सेवा कटौती, थुनुवा र जरुरी बाहेक अरु मुद्दाको सुनुवाइ स्थगित



पहिलोपोस्ट

कोरोनाले सर्वोच्चको सेवा कटौती, थुनुवा र जरुरी बाहेक अरु मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं : सर्वोच्च अदालतको फूलकोर्टले कोरोना भाइरस संक्रमण बढेपछि सेवा संकुचन गर्ने निर्णय गरेको छ। आज बसेको फूलकोर्टले सेवाहरु कटौती गर्ने निर्णय गरेको हो।

भोलिबाट सर्वोच्चमा अब मौलिक हक प्रचलनका रिट निवेदन, बन्दी प्रत्यक्षीकरण, कोरोना र जनस्वास्थ्य सरोकार सम्बन्धी रिटमाथि मात्र सुनुवाइ हुने भएको छ।

यस्तै, हेर्दाहेर्दैमा रहेका मुद्दा, निर्णय सुनाउने चरणमा रहेका मुद्दा, तल्लो अदालतले आदेश जारी गरेर माथिल्लो अदालतमा आउने निवेदन  र थुनुवामा भएका व्यक्तिको मुद्दा पनि सर्वोच्चमा सुनुवाइ हुनेछ।

यसबाहेक नियमित सुनुवाइहरु स्थगित गर्ने निर्णय फूलकोर्टले गरेको छ। जिल्ला र उच्च अदालतलाई स्थानीय अवस्था मूल्यांकन गरेर निर्णय लिन समेत फूलकोर्टले भनेको छ।

केहीदिन अघि सर्वोच्च अदालतमा न्यायाधीशसहित २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell