PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

आज मध्यरातदेखि काठमाडौं उपत्यकामा लागू हुँदै यी आदेश, मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने



पहिलोपोस्ट

आज मध्यरातदेखि काठमाडौं उपत्यकामा लागू हुँदै यी आदेश, मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने

काठमाडौं : उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि आज मध्यरातदेखि लागू हुने गरी नयाँ निर्देशन जारी गरेको छ। केही दिन अघि मन्त्रिपरिषदले जारी गरेको आदेशलाई कार्यान्वयन गर्दै प्रशासनले आज राति १२ बजेदेखि भिडभाड हुने गतिविधि संचालनमा रोक लगाएको हो।

प्रशासनले सरकारले निर्णय गरे अनुसार अब उपत्यकामा २५ जनाभन्दा बढी भेला हुन नपाउने र माघ १५ गतेसम्म सिनेमा हल, जिम खाना, फुटलससहित मानिसको भिड हुने सबै कार्यक्रम संचालन गर्न नपाउने निर्णय गरेको छ।

यस्तै, सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसलमा एकपटकमा बढीमा २५ जना मात्रै प्रवेश गर्न पाउने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्देशन प्रशासनले दिएको छ।

२७ बुँदे आदेश जारी गर्दै प्रशासनले क्वारेन्टाइनको अवधिसमेत तोकेको छ। अब कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिले अनिवार्य ५ दिन क्वारेन्टाइन बस्नुपर्ने प्रशासनको आदेशमा उल्लेख छ। ५ दिन पछि कोभिड १९ परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उक्त व्यक्ति बाहिर निस्कन पाउने बताइएको छ।

यस्तै, होटल र सार्वजनिक यातयात संचालनका लागि पनि प्रशासनले विभिन्न नियमहरु जारी गरेको छ।

यस्तो छ प्रशासनको आदेश :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell