PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य



पहिलोपोस्ट

सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नै गरेन : विद्यासुन्दर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गरेका छन्।

राजधानीमा आयोजित एक कार्यक्रममा उनले पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले स्थानीय सरकारसँग सल्लाह र समन्वय गरेको बताए। तर,  अहिले स्थानीय सरकारसँग कुनै संवाद नभएको उनको आरोप छ।

यस्तै, उनले काठमाडौं महानगरपालिकामा फेरि आइसोलेसन र क्वारेन्टिन संचालन गर्ने बताए। कोरोना महामारीको पहिलो र दोस्रो लहरमा प्रयोग भएका आइसोलेसन र क्वारेन्टिन स्थलहरु यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको शाक्यले बताए। 

'हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ। हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ। हामी पनि तयारी अवस्थामा छौँ। आवश्यक पर्‍यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरु संचालन गर्न सक्छौँ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell