PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौंमा मात्रै एकैदिन थपिए ४ हजार बढी संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?



पहिलोपोस्ट

काठमाडौंमा मात्रै एकैदिन थपिए ४ हजार बढी संक्रमित, भक्तपुर र ललितपुरमा कति थपिए ?

काठमाडौं : पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा ५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ जना र भक्तपुरमा ५७० जना गरी कुल ५ हजार ५४९ जनामा संक्रमण देखिएको हो।

मंगलवार देशभर १० हजार २५४ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा मात्रै आज पहिचान भएको कुल संक्रमित मध्ये ५४.११ प्रतिशतमा संक्रमण देखिएको छ।

यस्तै, काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार नाघेको छ। काठमाडौंमा हाल १७ हजार ७०७ जना, ललितपुरमा ४ हजार ४७१ जना र भक्तपुरमा २ हजार ३९६ जना सक्रिय कोरोना संक्रमित छन्। यससँगै उपत्यकामा कुल सक्रिय संक्रमितको संख्या २४ हजार ४७६ पुगेको छ। देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहँदा उपत्यकामा मात्रै ६२.९४ सक्रिय संक्रमित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell