
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८२ हजार ९७० जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवारभन्दा ४४ हजार ८८९ जना बढीमा संक्रमण देखिएको हो।
ओमोक्रन भेरियन्ट फैलिएसँगै बढ्दो संक्रमणका कारण हाल भारतमा दैनिक संक्रमण दर १५.१३ प्रतिशत पुगेको छ। हालसम्म भारतमा ८ हजार ९६१ जनामा ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।
यस्तै, १ लाख ८८ हजार १५७ जना संक्रमण मुक्त हुँदा भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख ३१ हजार पुगेको छ।
संक्रमणका कारण थप ४४१ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।