
चीनले सन् २०२५ सम्मका लागि मुलुकको यातायात व्यवस्था विकासको योजना सार्वजनिक गरेको छ।। २०२१ देखि २०२५ सम्मको पञ्चवर्षीय यातायात सञ्जाल विकासको योजना अघि सारेको हो। उसको यो १४ औं पञ्च वर्षीय योजना हो।
सन् २०२५ सम्म हाइ स्पिड रेलको ट्र्याक तन्किएर ५० हजार किलोमिटर पुग्नेछ। सन् २०२० सम्म यो ३८ हजार किलोमिटर छ। ५ लाख भन्दा धेरै जनसंख्या भएका ९५ प्रतिशत शहरहरु यस्तो रेलको सुविधासँग जोडिनेछन्।
२०२५ सम्म चीनमा १ लाख ६५ हजार किलोमिटर रेलवे तयार हुनेछ। २ सय ७० सार्वजनिक विमानस्थल हुनेछ यस बिचमा। यसअघि यस्ता विमानस्थल २ सय ४१ वटा रहेको छ। शहरी क्षेत्रमा १० हजार किलोमिटर 'सव बे' हुनेछ। अहिले यस्तो सव बे ६ हजार ६ सय किलोमिटर रहेको छ। १ लाख ९० हजार किलोमिटर एक्सप्रेस वे हुनेछन्। यसअघि एक्सप्रेस वे १ लाख ६१ हजार किलोमिटर रहेको छ। १८ हजार ५ सय किलोमिटर हाइ लेबल इनल्यान्ड 'वाटर वे' हुने योजना छ।
यातायाततर्फ ७२ प्रतिशत बस सेवा ग्रिन फ्युलमा रुपान्तरित हुन्छन्। यसले कार्वनडाइ अक्साइड उत्सर्जनमा ५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ।
योजनामा छिमेकी मुलुकहरुसँगको यातायात व्यवस्था थप बलियो बनाउने उल्लेख छ। चीन-युरोप ट्रेन रुछ र एयर सिल्क रोड लगायतका विषय पनि योजनामा अटाएका छन्।