PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माघ १९ गते रिलिज नहुने भयो 'म यस्तो गीत गाउँछु २'



पहिलोपोस्ट

माघ १९ गते रिलिज नहुने भयो 'म यस्तो गीत गाउँछु २'

काठमाडौं :  माघ १९ रिलिज हुने तय भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति स्थगित भएको छ। देशभर कोरोना संक्रमण बढ्दै गएको र सरकारले सिनेमा हलहरु बन्द गर्न निर्देशन दिइसकेको अवस्थामा निर्माण टिमले अनिश्चितकालका लागि रिलिज डेट सारेको हो।

यस फिल्मका निर्देशक सुदर्शन थापाले एक विज्ञप्ति जारी गदै फिल्मको रिलिज मिति स्थगित गरिएको जानकारी दिएका हुन्।

नेपालमा ‍ओमोक्रोन भेरियन्ट फैलिएसँगै दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दो छ। सरकारले भीडभाड हुने गतिविधिमा प्रतिबन्ध लगाउनुका साथै माघ १५ गतेसम्म सिनेमाहल समेत बन्द गरिसकेको छ। सुदर्शनले कोरोना महामारीको तेस्रो लहरबिच फिल्म रिलिज गर्ने अवस्था नरहेको कारण देखाउँदै फिल्मको प्रदर्शन मिति सारेको बताएका छन्।

यसअघि यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको निर्माण टिमको दाबी छ। तर, कोरोना महामारीबिच लकडाउन भएसँगै फिल्म रिलिज हुन सकेन। डेढ वर्षपछि निर्देशक थापाले माहोल सामान्य बन्दा रिलिज मिति तय गरेका थिए। तर पुन: यो फिल्म कोरोनाको मारमा परेको हो।

पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको फिल्ममा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell