चीनको फुजियान प्रान्तबाट ४४५ टन सामग्री लिएको कार्गो रेल मंगलवार बिहान रसियाको राजधानी मस्कोको लागि छुटेको समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएको छ।
पूर्वी चीनको चुहान्जोबाट युरोपमा मालवाहक रेल पहिलो पटक सुरु भएको हो। रेल २० दिनमा मस्को पुग्ने बताइएको छ। यसले मस्कोसँगको यात्रामा २५ दिन छोट्याउने छ।
'नयाँ रेल सेवाले ढुवानी खर्चमा भारी कटौती गर्नेछ,' चीनको मेगा सफ्टका चेन हेनहेले भने।
निर्यातजन्य सामग्री उत्पादनमा केन्द्रित चुहान्जोबाट २ सय बिलियन युआन बराबरको सामग्री निर्यात भएको तथ्याङ्क छ।