PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

कांग्रेस महामन्त्री शर्मालाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई फेरि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत ८ महिनापछि फेरि सपरिवार संक्रमित भएको जानकारी दिएका छन्।

लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको कोभिड रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्।

उनले भनेका छन्, 'सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु। चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसन। एकसातामा फर्किन्छु काममा।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell