PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन



पहिलोपोस्ट

नेपाल पुलिसलाई हराउँदै एपीएफ बन्यो प्रधानमन्त्री कप क्रिकेटको च्याम्पियन
तस्बीर: क्यान

काठमाडौं: प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्बललाई हराउँदै एपीएफ च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले पुलिसमाथि २१ रनको जित निकाल्दै उपाधि जितेको हो।

आज सम्पन्न फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा १ बल बाँकी छँदा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो। जसका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाउँदा लोकेश बमले २७, सुन्दीप जोराले २४ र कप्तान शरद भेषवाकरले १९ रनको महत्वपूर्ण योगदान दिए।

बलिङतर्फ पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ३ विकेट लिँदा गुलसन झा ले २ तथा आरिफ शेख र योगेन्द्र सिंह कार्कीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६५ रन बनाउँदा दीलिप नाथले २४ र आरिफ शेखले १२ रनको योगदान दिए। बलिङतर्फ एपीएफका किशोर महतोले ३ विकेट लिँदा अभिनास बोहोरा, अमर रौटेला र दीपक बोहोराले समान १ विकेट लिए।

समूह ए बाट अपराजित हुँदै समूह बिजेता बनेर सेमिफाइनल पुगेको नेपाल पुलिस वाग्मती प्रदेशलाई हराउँदै फाइनल प्रवेश गरेको थियो थियो भने समूह बीको विजेता एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell