PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ



पहिलोपोस्ट

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ
File Photo

काठमाडौं : मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका संचालक साजित अंसारी र सक्षम औषधि पसलका संचालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका संचालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell