PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

माघ ७ पछि 'खोप कार्ड' देखाउनपर्ने भएकाले अस्पतालमा भीड

माघ ७ पछि 'खोप कार्ड' देखाउनपर्ने भएकाले अस्पतालमा भीड

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिन सुरु भएसँगै खोप केन्द्रमा भिड बढेको छ। अग्रपङ्ति तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरुलाई अहिले बुस्टर डोज दिइँदैछ।

यस्तै, विभिन्न अस्पतालमा पहिलो डोज लगाउनेहरुलाई पनि खोप दिइँदैछ। कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै सरकारले काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेको छ। त्यसैले पनि खोप केन्द्रमा अत्याधिक बढेको छ।

प्रशासनले संक्रमण फैलिनबाट रोक्न भिडभाड हुने सबै गतिविधिमा रोक लगाएको छ। साथै, खोप केन्द्रमा पनि स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ। तर, अधिकांश खोप केन्द्रहरुमा स्वास्थ्य मापदण्ड पालना भएको छैन।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दृश्य: 



ट्रेन्डिङ पोस्ट

Ncell