PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट



पहिलोपोस्ट

४ महिनापछि इन्स्टाग्राममा शाहरुखको पोस्ट, छोरा आर्यन ड्रग्स केसमा फसेपछि थिएन अपडेट

चार महिना लामो ब्रेक पछि शाहरुख खान सोसल मिडिया साइट इन्स्टाग्राममा फर्केका छन्।

पत्नी गौरी खानसहित एउटा इलेक्ट्रोनिक ब्रान्डको विज्ञापन उनले इन्स्टाबाट सेयर गरेका छन्। शाहरुखका छोरा आर्यन खान ड्रग्स प्रकरणमा पक्राउ परेपछि उनी सोसल मिडियाबाट करिब करिब बाहिरिएका थिए। त्यसबिच उनको कुनै पोस्ट देखिएको थिएन।

बुधवार मात्र शाहरुखले व्यवसायिक विज्ञापन पोस्ट गरेका हुन्।

विज्ञापनमा शाहरुख विलाशी गाडीमा एउटा सुविधासम्पन्न बङ्गलामा गइरहेको दृश्य छ। यो विज्ञापन चाहिँ कोरियन कम्पनी एलजीको ओएलइडी टेलिभिजनको हो जसलाई विश्वकै पहिलो 'रोलेबल' टेलिभिजन भएको दावी गरिएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Shah Rukh Khan (@iamsrk)

हिन्दुस्तान टाइम्सका अनुसार इन्स्टामा भिडियो अपलोड गरेको एक घन्टामा ६ लाख भन्दा बढी भ्यूज मिलेको थियो। 

सोसल मिडियामा खान फर्केको विषयलाई लिएर उनका फ्यानहरु भने उत्साही देखिएका छन्। एक उनका प्रशंसकले लेखेका छन् ,' द किङ इज ब्याक, फाइनल्ली।' बलिउडमा शाहरुख खानलाई किङ खानका रुपमा लिइन्छ। बलिउडमा अत्याधिक सफल अभिनेताभित्र खान पनि पर्छन्। 

यसअघि सेप्टेम्बर १९ मा उनको इन्स्टाग्राममा पोस्ट देखिएको थियो। जसमा उनले गणपति बाप्पा मोरिया भन्दै शुभकामना दिएका थिए। 
खान उनका २४ वर्षीय छोराको ड्रग्स केसपछि तनावमा थिए। तीन साता हिरासतमा राखेपछि आर्यनलाई गत अक्टोबरमा धरौटीमा रिहा गरिएको थियो।

शाखरुख खान फिल्म पठानबाट कमब्याक गर्दैछन्। फिल्ममा उनको अपोजिटमा दिपिका पादुकोण देखिने छिन्। साथै जोन अब्रहामको पनि मुख्य भूमिका रहनेछ। २०१८ मा रिलिज भएको फिल्म जिरो पछि खानको कुनै फिल्म आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell