PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सीमामा चीनले पुल बनाएपछि राहुलको व्यङ्ग्य : नरेन्द्र मोदी उद्घाटन गर्न जान पनि बेर छैन



पहिलोपोस्ट

सीमामा चीनले पुल बनाएपछि राहुलको व्यङ्ग्य : नरेन्द्र मोदी उद्घाटन गर्न जान पनि बेर छैन
फोटो : abplive.com

भारत र चीनबीच लामो समयबाट जारी गतिरोधका बीच लाइन अफ एक्चुअल कन्ट्रोल(एलएसी) मा चीनले पुल निर्माण गरेको भारतले दाबी गरिरहेको छ।

उक्त पुलबारे भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कटाक्ष गरेका छन्। बुधवार ट्वीटमार्फत गान्धीले चीनले बनाएको उक्त पुल उद्घाटनमा कतै प्रधानमन्त्री मोदी नै पुग्लान् कि भन्ने डर पैदा भएको बताएका छन्।

‘हाम्रो देशमा चीन एक कुटनीटिक पुल बनाउँदैछ। प्रधानमन्त्रीको मौनताले चिनियाँ सेनाको हौसला बढिरहेको छ,’ गान्धीले थप लेखेका छन्, ‘अब यस्तो नहोला भन्न सकिन्न कि मोदी यो पुलको पनि उद्घाटन गर्न पुग्नेछन्।‘

केही वर्षयता चीनले पूर्वी लद्दाखमा आफ्नो निर्माण कार्य अघि बढाइरहेको भारतले जनाएको छ। भारतले यस क्षेत्रमा निर्माण भइरहेको पुलबारे स्याटेलाइट तस्विरसमेत सार्वजनिक गरेको छ। पुल निर्माणले विवादित क्षेत्र पैंगोङ ताल क्षेत्रमा पिपुल्स लिबरेसन आर्मी(पिएलए)लाई सहज हुने बताइएको छ। यसै विषयमा गान्धीले मोदीको ध्यानाकर्षण गराएका हुन्।

विवादित क्षेत्रमा पुल निर्माणमा प्रधानमन्त्री मोदी जिम्मेवार रहेको गान्धीको आरोप छ। पछिल्लो समय एलएसी क्षेत्रमा चीनले निर्माणको गतिविधि बढाइरहेको छ। केही समयअघि अरुणाचल प्रदेश क्षेत्रमा चीनले गाउँ नै बनाएको समाचारसमेत सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell