PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एकैदिन हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित थपिए



पहिलोपोस्ट

एकैदिन हालसम्मकै बढी ११ हजार ३५२ जना संक्रमित थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ११ हजारभन्दा बढीमा कोभिड-१९ संक्रमण देखिएको छ। २३ हजार ४०९ जनाको परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण देखिएको हो।

जसमध्ये १८ हजार ७८ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा कोरोना पोजिटिभ देखिएको छ।

संक्रमण सुरु भएयता कै आज सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। मंगलवार १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको थियो।

संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell