PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द, खोप कार्ड अनिवार्य



पहिलोपोस्ट

रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द, खोप कार्ड अनिवार्य

बुटवलः जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको छ। कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र भीडभाडले थप संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले सेवा बन्द गरेको हो।

अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्सन सिफारिस/प्रमाणित, नाबालक परिचयपत्र लगायतका सेवा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरिएको छ।

त्यस्तै अत्यावश्यक सेवा लिन आउनेका लागी पनि खोप कार्ड अनिवार्य गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell