PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

पीसीआर परीक्षणमा नयाँ शुल्कः सरकारीमा ८००, निजी ल्याबमा १५०० रुपैयाँ



पहिलोपोस्ट

पीसीआर परीक्षणमा नयाँ शुल्कः सरकारीमा ८००, निजी ल्याबमा १५०० रुपैयाँ

काठमाडौँः सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को  पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए।

उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको छ। 

सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार र निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell