PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने, यस्तो छ स्वास्थ्य मापदण्ड



पहिलोपोस्ट

कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने, यस्तो छ स्वास्थ्य मापदण्ड
फाइल फोटो

काठमाडौँः निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनमा कारोना संक्रमितले पनि मत हाल्न पाउने व्यवस्था गरेको छ। बुधबार १९ बुँदे स्वास्थ्य मापदण्ड सार्वजनिक गर्दै आयोगले संक्रमितका लागि विशेष व्यवस्था गरिएको जनाएको हो। 

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले अन्य मतदातालाई संक्रमण नफैलने गरी स्वास्थ्य मापदण्ड अपनाइएको बताए। संक्रमितका लागि छुट्टै मतपेटिकाको प्रबन्ध हुने पनि उनको भनाई छ। 

माघ १२ गते हुने निर्वाचनमा हरेक मतदान केन्द्रमा स्वास्थ्यको टिम रहनेछ। साथै मतदान केन्द्रमा तापक्रम नाप्ने व्यवस्था पनि हुनेछ। 

निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहनेछन्। सातवटै प्रदेशको राजधानी÷अस्थायी मुकाममा मतदान केन्द्र तोकिएको छ। राष्ट्रियसभाका १९ सदस्य चयनका लागि निर्वाचन हुँदैछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell