PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गण्डकीमा परीक्षणको आधाभन्दा बढीमा कोरोना संक्रमण



रासस

गण्डकीमा परीक्षणको आधाभन्दा बढीमा कोरोना संक्रमण

कास्कीः गण्डकी प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमित बढेका छन्। संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा संक्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका -६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो।

यस अवधिमा एक हजार ३०१ जनाको नमूना परीक्षण गरिएकामा ७०३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालय मातहतको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए।

शर्माका अनुसार एन्टिजेन परीक्षणबाट ३३८ र पीसीआर परीक्षणमा ३६५ जनामा संक्रमण देखिएको हो। सबैभन्दा बढी कास्कीमा ३६५ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी स्याङ्जामा ८५, तनहुँ ८३, गोरखा ५८, नवलपरासी पूर्व ४६, लमजुङ ३०, म्याग्दी १९, बाग्लुङ ११, म्याग्दी पाँच र मुस्ताङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

प्रदेशमा हालसम्म ९१ हजार ३५८ जनामा संक्रमण पुष्टि भएको तथा ८७ हजार १४५ जना निको भएको जनाइएको छ। सक्रिय संक्रमित दुई हजार ७८४ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell